हाम्रो मिशन

कार्यालयको उद्देश्य

यस कार्यालयको कार्यक्षेत्र डोटी, अछाम र बाजुरा जिल्ला भित्र संघीय एवं प्रदेश सरकारको वार्षिक विकास कार्यक्रम तथा बजेट अनुसार विभिन्न खानेपानी आयोजनाहरु (ग्राभिटी, लिफ्टिङ्ग, पम्पिङ्ग, खानेपानी गुणस्तर सुधार) निर्माण/कार्यान्वयन गरी उपभोक्ताहरूलाई एक घर एक धाराको अवधारणा बमोजिम उच्च एवं मध्यम स्तरको खानेपानी सेवा उपलब्ध तथा विस्तार तथा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड बमोजिम सेवा पुर्याउन “खानेपानी गुणस्तर सुधार आयोजना” कार्यान्वयन गर्दै आएको छ। यस कार्यालयले सुरक्षित पिउने पानी र सुधारिएको सरसफाइमा सर्वव्यापी पहुँचको उद्देश्य प्राप्तिको लागि खानेपानी सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी त्यस्ता स्थान हरुमा खानेपानी योजना सञ्चालनको लागि सम्बन्धित निकायहरुसँगको सहकार्यमा खानेपानी योजना निर्माण तथा सञ्चालन समेत गर्दै आइरहेको छ। प्राकृतिक प्रकोपहरु जस्तै बाढी, पहिरो , आगलागी लगायतका कारण क्षतिग्रस्त भएका तथा योजना पुरानो भइ जीर्ण भएको कारण सञ्चालनमा समस्या भएका खानेपानी तथा सरसफाइ योजनाहरुलाई मर्मत सुधार तथा थप क्षेत्रमा सेवा विस्तारको लागि समेत सक्दो पहल तथा सहयोग गर्ने गर्दछ।